पेट्रोलियम पदार्थ उत्खनन् राष्ट्रको भविष्य

दैलेख प्राकृतिक सा्रेत साधनका दृष्टिले निकै महत्वपुर्ण जिल्लाको रुपमा परिचित जिल्ला हो । यहाँको ऐतिहाँसिक महत्व मात्र हैन प्राकृतिक महत्व सँगै यस जिल्लामा रहेका प्राकृतिक स्रोत साधनहरुको समुचित उपयोग गर्न सकेको खण्डमा यसले नेपालकै भविष्य सुन्दर बनाउन सकिने धेरै ठाउँहरु रहेका छन् ।
राज्य अहिलेसम्म दैलेखमा पुग्न सकेको छैन् । धरै जसो नेपाल राज्य चलाउनेहरुको उद्गम थलो दैलेख भनिएको छ तर त्यसको चासो छैन् । नेपाली भाषाको पहिलो लिपिबद्ध ईतिहाँस दैलेखमा छ त्यसको खवर राज्यलाई छैन् । यि त अँझै टाढाका संभावनाका कुराहरु मात्र भए मुखै नजिकको भाग भनेझै , सयौं बर्षदेखि पानिमाथि ज्वाला वगेको दैलेखको शिरिस्थान क्षेत्रको राज्यले सयौ बर्षपछि अहिलेमात्र ध्यान दिन थालेको छ । प्रधानमन्त्रीको चाईना भ्रमण पश्चात भएका केही सम्झौताहरुपछि सामान्य चासो देखाउन खोजीएको छ । राष्ट्रको भविष्य र भाग्य सँग जोडिएका यस्ता महत्वपुर्ण खानीहरुको उत्खनन् गर्न अहिलेसम्म कसले रोकेको हो नेपाली जनताहरुले अव त्यतातीर पनि ध्यान दिनुपर्ने देखिएको छ ।
दैलेखका खोलाहरुबाट प्रशस्त मात्रामा निकाल्न सकिने बिजुलीको मात्र राज्यले उपयोग गर्न सकेमा राज्यको महत्वपुर्ण आर्थिक उपार्जनको पाटो बन्न सक्छ दैलेख जिल्ला । यती धेरै संभावना बोकेको जिल्लामा नेपाल सरकारको बिशिष्ट व्यतित्वको पहिलोपटक भएको आगमनले आम नागरिकहरुमा नयाँ आयाम थपिदिएको छ । नेपालमा धेरै जसो कुराहरु निर्णय हुने , भाषणमा हुने तर कार्यान्वयन नहुने समस्या भएका बेला सरकारका उपराष्ट्रपतिले लिएको चासो प्रति सरकार गम्भिर भए नेपालको भविष्य र भाग्य अँझै सबृद्ध हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार